प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गा प्रसाईंको अभियान समर्थक ४ जना पक्राउ

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ परेका छन् ।

काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ४ जना पक्राउ परेका हुन् । प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेकाे प्रहरीले बताएकाे छ ।  प्रहरीका अुनसार  अन्यकाे खाेजी भइरहेकाे छ ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा  प्रहरीमाथि  प्रदर्शनकारीहरुले ढु‌ंगामुढा  गरेका थिए ।

आफना कार्यकर्ताहरु पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *