दुर्गा प्रसाईंको उत्तेजक भाषण- भोलिदेखि नेतालाई जहाँ भेटिन्छ त्यहाँ भकुर्नु, प्रचण्डजी सरेन्डर गर्नुस् (भिडिओ)

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश चलाउन नसकेको भएकाले जनतालाई जिम्मा लगाउन आग्रह गरेका छन् । बल्खुमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफू मर्न तयार भएर विद्रोह थालेको बताए ।

उनले भने, ‘म मर्न तयार छु, म भाग्दिनँ, हाम्रो देश त्यसै टाँट पल्टेको होइन । म प्रचण्डजी अहिलेको प्रधानमन्त्रीज्यूलाई राम्ररी चिन्दछु । २० वर्षसँगै काम गरेको छु, तपाईँ सरेन्डर गर्नुस्, जनताकहाँ आउनुस् । हिजो तपाईंहलाई जनताले पुर्याएको ठाउँमा । जनतालाई जिम्मा लगाउनुस् अब तपाईंहरुले सक्नुभएन ।’

भिडिओ:

उनले आफ्नो अभियानमा आएका महिलाहरुलाई युवा संघका कार्यकर्ताहरुले बलात्कार गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘म मेरा हजुरबुबालाई आज राम्रोसँग भन्छु तपाईंले गरिब जनताहरु हाम्रो घरजग्गा लुटियो भनेर काठमाडौं आएकाहरुलाई तपाईंका कमाण्डका व्यक्तिहरु बलात्कार गर्न खोजे । अहिले पनि हामीलाई युवा संघले रोक्न खोज्दै थिए ।’

उनले आजबाट जनविद्रोह सुरु भएकोे जिकिर गर्दै विद्रोहको बिरुवा रोपिएको बताए । उनले भोलिबाट नेताहरुलाई जहाँ भेटिन्छ त्यही भर्कुर्नु भन्ने उत्तेजक भाषणा गरे ।

 

Comments

One response to “दुर्गा प्रसाईंको उत्तेजक भाषण- भोलिदेखि नेतालाई जहाँ भेटिन्छ त्यहाँ भकुर्नु, प्रचण्डजी सरेन्डर गर्नुस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यो देशमा सरकार भन्ने पनि छ, आफूलाई प्रधानमन्त्री हुँ भन्ने प्रचण्ड छन्, शान्ति सुरक्षाको जिम्मा लिने काजि छन् भने नेतालाई होस् वा कसैलाई भकुर्नु भन्ने उर्दी जारी गर्नेलाई कारवाही गर्नुपर्दैन ? कि सरकारले एमालेका नेतामाथि प्रहार गर्न खटाएको गुण्डा हो दुर्गा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *