भक्तपुरमा घरको तेस्रो तलाबाट हामफालेर आत्महत्या !

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका- १ भार्वाचोमा एक स्थानीयले आफ्नै घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।

४४ वर्षीया ज्ञानकाजी मानन्धरले बुधबार अपरान्ह हाम फालेपछि तत्कालै अस्पताल पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार मानन्धरले १० वर्षदेखि डिप्रेसनको ओषधि सेवन गरिरहेका थिए ।

प्रारम्भिक अनुसन्धानमा मानन्धरले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *