उच्च अदालतका मुख्य न्यायाधीश निरौलासहित १८ न्यायाधीशको सरुवा र काज

काठमाडौं । उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलासहित १८ जना न्यायाधीशको सरुवा तथा काज सरुवा भएको छ ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले निरौलालाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गरेको छ भने उच्च अदालतमा नै कार्यरत चार जना न्यायाधीशको काज सिफारिस गरेको छ ।

बैठकले उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवरलाई विशेष अदालतको अध्यक्षसहित सदस्य तोक्न परामर्श पनि दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *