काठमाडौं । एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको छ ।
पूर्व कप्तान विराट कोहली ५४ रन बनाएर आउट भए।
अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले उनलाई बोल्ड आउट गरेका थिए।
८१ रनमा तीन विकेट गुमाएको अवस्थामा कोहलीले केएल राहुलसँग ६७ रनको साझेदारी गरेका थिए।
भारतले यो समाचार तयार पार्दासम्म ३१ ओभरमा ४ विकेट गुमाएर एक सय ५८ रन जोडेको छ। केएल राहुल ४३ रनमा खेल्दैछन्।
त्यसअघि रोहित शर्माले ४७ रन जोडे भने सुभमन गिल र श्रेयस अय्यरले समान ४ रन बनाए। अस्ट्रेलियाका कुमिन्सले २ तथा ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले एक एक विकेट हात पारे।

Leave a Reply