थारु समुदायको माग पूरा गराउन साथ दिने सांसद विनोद चौधरीको प्रतिबद्धता

रुपन्देही। नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हकहितका लागि उठाइएका जायज माग पूरा गराउन आफूले पूरा साथ दिने प्रतिबद्धता जनाएका छन् ।

नवलपरासीका थारु अगुवा समुदायसँग शनिवार आयोजित छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो तराईका भूमि पुत्रका अधिकारका विषयमा ध्यान दिन जरुरी रहेको बताए ।

नेपालको हरेक परिवर्तनमा इतिहासदेखि वर्तमान अवस्थासम्म आइपुग्दा थारु समुदायको महत्त्वपूर्ण उल्लेखनीय रहेको जनाउँदै सांसद चौधरीले थारु समुदायको जायज माग पूरा गराउन आफ्नो साथ रहने बताए ।

‘यहाँ तपाईँहरूले जति पनि विषय उठाउनुभएको छ, म गम्भीर छु । यसका लागि सबैतर्फबाट मैले भूमिका खेल्नेछु’ चौधरीले भने ।

थारु समुदायको उत्थान र उनीहरूको समग्र समस्याका बारेमा गहन छलफल भएको भन्दै चौधरीले भने, ‘ मैले उहाँहरूले उठाउनुभएका विषय सम्बोधनका लागि संसद् र सरोकारवाला निकायमा गम्भीर रूपमा उठान गर्नेछु । तपाईंहरुसँगै म पनि अगाडि बढ्नेछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *