‘सर्वोच्च तिमी कहाँ छौ ?’ भन्दै माइतीघरमा टिकटकरहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् ।

आज बिहान माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३०/३५ जना टिकटकरहरु सहभागी छन् ।

उनीहरुले सर्वोच्च अदालत कहाँ छौं लगायतका प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् । सरकारले गत सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटक बन्द गर्ने निर्णय गरेसँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ । यससँगै सरकारको यो निर्णयको विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दर्ता भएका छन् ।

तस्बिरहरु : उमेश कार्की

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *