एमालेमा प्रवेश गर्दै जसपाका पूर्व सांसद रौनियार

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

पूर्व सांसद रौनियारलाई पार्टी प्रवेश गराउन नेकपा एमालेले पर्साको पोखरीयामा मंसिर ५ गते बृह्त पार्टी प्रवेश कार्यक्रम गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि कार्यक्रममा सहभागी भइ रौनियारलाई पार्टी प्रवेश गराउने बुझिएको छ ।

केहिदिन अगाडी रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । सोही भेटमा रौनियार एमालेमा प्रवेश गर्न तयार भए । तर मंसिर ५ मा आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गर्दैछन् ।

रौनियार ०७४ मा रौनियार पर्सा क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सदस्यमा निर्वाचित भएका थिए । उनी पप्पु कन्ट्रक्सनका पूर्व मालिक हुन् । अहिले कम्पनी अरुलाई सुम्पिएका उनी पटक पटक विवादित बनेका थिए ।

Comments

One response to “एमालेमा प्रवेश गर्दै जसपाका पूर्व सांसद रौनियार”

  1. ksp pyl Avatar
    ksp pyl

    देशभरी आयोजना नबनाएर अलपत्र पारेर देश घात गर्नेलाई पार्टीमा हुल्न हतार किन नि ? अरू जनता नै छैनन ? मान्छे बढाउन यस्तालाई प्रवेश गराए अरू घटछन् नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *