काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयमार्फत सरकारका विभिन्न १० वटा निकायलाई २२ बुँदे सुझाव दिएको छ ।
आयोगले नीतिगत भ्रष्टाचार मौलाउन थालेपछि अर्थ मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत विभिन्न १० वटा निकायलाई २२ बुदेँ सुझाव दिएको हो ।
आयोगले संघीय सरकार, प्रदेश सरिकार तथा स्थानीय तहलाई २२ बुँदे सुझाव कार्यान्वनयका लागि लेखि पठाउन र उक्त सुझाव कार्यान्वयनका लागि १० वटै निकायबाट आयोगमा पेश गर्नेगरी आयोगबाट निर्णय भएको भन्दै सुझाव कार्यान्वयन गरी त्यसको जानकारी आयोगमा पठाउन पनि निर्देशन दिएको छ ।
मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनौट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउन तथा बजेट कार्यान्वयनको क्रममा गरिने सार्वजनिक खरिदको कार्य पारदर्शी, प्रतिष्पर्धी र गुणस्तरीय बनाउन २२ बुदेँ सुझाव दिएको हो ।
जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सबै महाशाखा, राष्ट्रिय कितावखाना, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, निजामती अस्पताल विकास समिति, आदिावासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, तराई-मधेश समृद्धि कार्यक्रम र बहुक्षेत्रीय पोषण कार्यक्रमलाई कार्यान्वयनका सुझाव दिइएको आयोगका उपसचिव सुमन धितालले जानकारी दिए ।
यस्ता छन् अख्तियारका २२ बुँदे सुझाव:

Leave a Reply