भूकम्प पीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने भएको छ । भूकम्पमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मञ्चले एनआरएनमार्फत सो सहयोग गर्ने निर्णय भएको सचिव शालिक थपलियाले बताए ।

प्रवासी नेपाली मञ्च युरोपका संयोजक मुक्त गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले छिटो भन्दा छिटो भूकम्प पीडितहरुसम्म रकम पुग्ने गरी काम गर्ने निर्णय पनि गरेको छ ।

संयोजक गुरुङले बैठकमा उपस्थित युरोप कमिटीका पदाधिकारी तथा राष्ट्रिय कमिटीका पदाधिकारीहरूलाई यस विषम परिस्थितिमा मातृभूमिमा परेको यो क्षतिमा आआफ्नो तर्फबाट योगदान दिन पनि निर्देशन दिए।

प्रमुख अतिथि प्रवासी नेपाली मञ्चका सचिव हेम शेर्पा, मञ्च अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार समिति उपाध्यक्ष तथा एन आर एनका नवनिर्वाचित उपाध्यक्ष रामशरण सिम्खडा, प्रवासी नेपाली मञ्च स्कुल विभाग प्रमुख गोविन्द पौडेल लगायत युरोप स्थित प्रवासी नेपाली मञ्चसँग  र राष्ट्रिय कमिटीका अध्यक्ष तथा सचिवहरू उक्त बैठकमा बाक्लो उपस्थित थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *