काठमाडौं । भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा व्यवसायी तथा नेकपा माओवादी केन्द्रका युवा नेता भीमकान्त भण्डारीले सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै भण्डारीलाई सफाइ दिएको हो । विशेष अदालतमा सोमवार र मंगलवार भएको वहसमा भण्डारीको पक्षबाट अधिवक्ता भोजराज आचार्य,तिलक पाण्डे र अपुर्व खतिवडा सहभागी थिए ।
माओवादी केन्द्र गुल्मीका नेता भण्डारी विध ल्याबका सञ्चालक समेत हुन् । उनीविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्तिको दाबी नपुग्ने ठहर अदालतले गरेको छ । व्यवसाय गरेर कमाएको सम्पत्तिमा अख्तियारले हेर्न नमिल्ने समेत अदालतको ठहर छ ।

Leave a Reply