कैलाली अदालतबाट पेस्तोल , गोली र मोबाइल चोरी

कैलाली । कैलाली जिल्ला अदालतबाट पेस्तोल , गोली सहितका अन्य सामाग्रीहरू चोरी भएको छ ।

अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर दसी प्रमाणमा प्राप्त भएका पाँच थान मोबाइल एक थान कटुवा पेस्तोल र त्यसका लाग्ने गोली समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी कुलदीप चन्दले बताए ।

मिसिल पनि चोरी भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । अदालत भित्रैबाट कसले चोरी गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *