सर्वदलीय बैठक बस्दै

काठमाडौं । आज दिउँसो २ बजे सर्वदलीय बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको बैठक सिंहदरबारमा बस्नेछ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल सहभागी हुने बताइएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले गरेको मानवीय र भौतिक क्षति तथा राहत एवं उद्धारका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै अन्य समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *