सिन्धुपाल्चोक । जिल्ला अधिवेशन भएको एक वर्ष नबित्दै नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको कमिटी पुनर्गठन गरिएको छ । नेकपा एसको जिल्ला कमिटीको बैठकले विनोद खनालको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो ।
नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरको उपस्थितिमा भएको बैठकले यस अघि अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष नवराज पौडेललाई बिदाइ गर्दै खनाललाई अध्यक्ष बनाएको हो ।
बैठकले अनिता लामा उपाध्यक्ष,कुमारराज घतानी सचिव, सह–सचिवमा नरेन्द्र खडका र ईश्वरीप्रसाद अधिकारी २ नम्बर क्षेत्रीय संयोजकमा रामलाल विक, २ (ख) संयोजकमा कामी सुनार, २ (क) संयोजकमा रामप्रसाद चौलागाईं लाई छनोट गरिएको अध्यक्ष खनालले जानकारी दिए ।
त्यस्तै प्रतिनिधिसभा –१ को संयोजकमा मेहरमान विक र ‘ख’ मा यज्ञराज न्यौपानेलाई संयोजकमा छनोट गरिएको छ ।
२०७९ चैतमा नेकपा एसको पहिलो सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनबाट अध्यक्षमा नवराज पौडेल निर्वाचित भएका थिए ।
नेकपा एसका केन्द्रीय सदस्य सुवास कर्माचार्य सहित सचिव दीपक नेपाल,सहसचिव रवि भण्डारी सहित सयौँ नेता कार्यकर्ताहरू एमालेमा नै फर्किएपछि नेकपा एस सिन्धुपाल्चोक अन्यौलमा थियो ।
कमिटी पुनर्गठन भएसँगै अब आफूहरू संगठन बिस्तारमा लाग्ने अध्यक्ष खनालले जानकारी दिए ।

Leave a Reply