रेल विभागका कर्मचारीलाई हप्कीदप्की गरेका पत्रकारलाई प्रेस काउन्सिलले गर्‍याे सोधपुछ

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत प्रस्तुत भएको भन्दै एक टेलिभिजन पत्रकारलाई सोमबार सोधपुछ गरेको छ । सरकारी कार्यालयमा रिपोर्टिङ गर्ने क्रममा स्पेस फोके टीभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबरजस्ती गरिएको उक्त भिडियोले पत्रकार र पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाजसमेत उठेको थियो ।

काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौं उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका छन् ।

उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका छन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन् । काउन्सिलले पछिल्लो समय अनलाइनमार्फत चल्ने टीभी र युट्युब च्यानललाई विशेष निगरानी गर्दै आएको छ ।

काउन्सिलसमक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहो¥याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए ।

प्रेस काउन्सिलले यसअघि पनि आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमला, माधव तिवारीसहितलाई अनुशासनका विविध कारबाही गरिसकेको छ ।

कतिपय पत्रकारलाई काउन्स्लिले कार्यालयमै बोलाएर आचारसंहिता कक्षामा सहभागी गराउँदै आएको छ । जथाभावी लेख्ने, बार्गेनिङ गर्ने युट्युबसहितलाई काउन्सिलले प्रहरीसँग समन्वय गरी विभिन्न कारबाही गर्दै आएको छ ।

Comments

2 responses to “रेल विभागका कर्मचारीलाई हप्कीदप्की गरेका पत्रकारलाई प्रेस काउन्सिलले गर्‍याे सोधपुछ”

  1. खेम राज शाही Avatar
    खेम राज शाही

    यो आवाज पत्रकार को मात्र होइन यो आवाज पुरै नेपाली जनता को हो/ यदि कोई सरकारी कर्मचारी ले जनता माथि हापकिधमकी गरियो भने सोध्ने कोई छइन तर जनता को आवाज लिएर बोल्ने पत्रकार लाई चाई किन यस्तो गरिँदैछ
    एउँता त नेपाल मा रेल विभाग जोस्तो कार्यालय को काम नै छैन बरु यो पैसा विकास मा लगाऊ
    सरकारी कर्मचारी भन्येको सरकार को कामदार हरु हुन सोधेको कुरा को जवाब दिनु पर्छ
    अनि नाम को सरकारी कार्यालय रे कम्चरी चाई खोई त सब बिदा मा छन् जस्तो छ त

  2. ksp pyl Avatar
    ksp pyl

    सबै पत्रकारको यहि शैली हो । १३ भाइले यसरी नै थर्काएर कमिशन असुल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *