भूकम्प प्रभावितलाई तत्काल पुनर्लाभका कार्यक्रम सञ्चालन गर्दा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि विभिन्न कार्यक्रम सहयोगका कार्यक्रम सञ्चालन गर्दा समन्वय गर्ने भएको छ ।

विपद् प्रभावित परिवारलाई तत्काल पुर्नलाभका कार्यक्रम सञ्चालन गर्दा तीन तहका सरकारको बीचमा समन्वय तथा सहजीकरण गर्न आवश्यक भएमा त्यसको समन्वय मन्त्रालयले गर्ने एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

बैठकले अन्तराष्ट्रिय विकास साझेदार तथा नेपाल रेडक्रस सोसाइटी लगायत यस क्षेत्रमा क्रियालशिल सामाजिक संघ संस्थाको अन्य क्षेत्रमा रहेको स्रोतलाई पुनर्लाभको क्षेत्रमा परिचालन गर्न र त्यसको काम गर्दा स्रोतको एकीकृत परिचालन गर्ने तथा एकरुपता कायम गर्ने निर्णय गरेको छ ।

यस्तै भुकम्प प्रभावित घर परिवारको क्षति र हराएका व्यक्तिगत कागजातको संकलन र संरक्षण गर्न आवश्यक सहजीकरणको लागि पालिकास्तरमा स्वयंम सेवक परिचालन गर्ने, प्रभावित अति विपन्न परिवारको न्यूनतम जीवनयापनका लागि आवश्यक पर्ने एक महिनाको खाद्यान्न बराबरको नगद सहायता जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस तथा स्थानीय विपद् व्यवस्थापन समितिको प्रत्यक्ष समन्वय तथा नियमनमा एकद्वार प्रणालीमार्फत परिचालन गर्ने निर्णय पनि गरेको छ ।

भूकम्पबाट क्षति भएका निजी आवासको भग्नावशेषको सरसफाई, मृत पशुपंक्षीको उचित व्यवस्थापन गर्न स्वयंम सेवक परिचालन गर्ने मन्त्रालयका निमित्त सचिवसमेत रहेका सहसचिव कमल भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको उपस्थितिमा सोमबार मन्त्रालयमा भएको भएको छलफलपछि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘विपद् प्रभावित सम्पूर्ण परिवारलाई शीघ्र सामाजिक आर्थिक पुर्नलाभका कार्यक्रममा समेट्न, रोजगारी गुमाएका परिवार व्यक्तिहरुलाई रोजगारी सृजना गर्न, पशुपालन व्यवसाय, कृषि व्यवसाय, साना, घरेलु तथा लघु उद्य व्यवसाय, स्थानीय पूर्वाधारहरुमा सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्ने अर्ली रिकभरी चरणमा गर्नुपर्ने सुरक्षा, स्वास्थ्य तथा सरसफाई, मनोपरामर्श सम्बन्धी सचेतना/नागरिक शिक्षा सम्बन्धी कार्यमा विशेष जोड दिने ।’

छलफलमा युएनडीपी, युनिसेफ, युएसएड, नेपाल रेडक्रस सोसाइटी, जाईका, कोईका लगायतकाको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *