काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटका भुकम्पपीडितलाई २५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
शनिबार बैंकले कर्णाली प्रदेश जाजरकोटका भुकम्पपीडितहरूलाई उद्धार तथा उपचारको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरूप २५ लाख रूपैयाँ प्रदान गरेको हो ।
बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ ।


Leave a Reply