भूकम्पबाट घाइते भएका आठ जना त्रिवि शिक्षण अस्पताल पुर्‍याइए (सूचीसहित)

काठमाडौं । शुक्रवार रातिको भूकम्पमा परेर रुकुम पश्चिममा घाइते भएकामध्ये आठ जनालाई त्रिवि शिक्षण अस्पताल पुर्‍याएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ६ जना महिला र दुई जना पुरुष गरेर आठ जनालाई थप उपचारका लागि काठमाडौंको महाराजगन्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको हो ।

जसमा दुई जना बालिका र एक बालक पनि रहेका छन् । जसमध्ये ६ जना बोल्न सक्ने र दुई जना भने रुन मात्रै सक्ने प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक ९डीआईजीपी० कुवेर कडायतका अनुसार रुकुम पश्चिमको सानोभेरी गाउँपालिका एकका १२ वर्षका बालिका निरुता पुन, २० वर्षका सुशीला बुढा, २१ महिनाका बालक रिशव बुढाथोकी रहेका छन् ।

यस्तै सोहि गाउँपालिका चारका २० वर्षको बिमला ओली, २२ वर्षका गोपाल बुढाथोकी, ५५ वर्षका मैनी ओली र मुसिकोट नगरपालिका सातका २१ दिनका बालिका सीता पाण्डे रहेका प्रहरी प्रवक्ता कडायतले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *