अझै पनि सहमतिको सरकार बनाएर जान्छौं : मुख्यमन्त्री

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अझै पनि सहमतिको सरकार बनाएर जाने बताएका छन् ।

शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउने दलको एजेण्डालाई बोकेर सरकार गठन गरेको बताए ।

उनले एमालेको सहमति विपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको सन्दर्भमा प्रदेशमा सहमतीय सरकार बनाउने एमालेको एजेण्डा नै आफूले कार्यान्वयन गर्न खोजेको बताए ।

मुख्यमन्त्री कार्कीले यसअघि एमाले सरकारमा रहुन्जेल माओवादी र एकीकृत समाजवादी सरकारमा आउन नचाहेको अवस्थामा आफूले छलफलपछि समाधान गरेकोमा एमाले बाहिरिनु गलत भएको बताए ।

सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशको जटिलता र परिवर्तनको विरुद्ध भएको चलखेलविरुद्ध मुख्य राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए ।

त्यस्तै उनले कोशीको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।

Comments

One response to “अझै पनि सहमतिको सरकार बनाएर जान्छौं : मुख्यमन्त्री”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमीहरू देउवाभन्दा अलि फरक छौ कि भन्ने सोचेको त्यस्तै रहेछौ । दिल्लीको दलाली गर्ने, लुटने र प्रचण्डको पुच्छर बन्ने । शेखर गुट अब काँग्रेसमा सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *