भूकम्प प्रभावित जिल्लामा उद्धारका लागि ८५९ प्रहरी परिचालन

काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा साढे ८ सय भन्दा बढी प्रहरी जनशक्ति परिचालन भएको छ ।

प्रभावित क्षेत्रमा उद्धारका लागि जाजरकोटबाट सबैभन्दा बढी ४५० जना गरी ८५९ जना प्रहरी परिचालित भएका हुन् ।

यस्तै रुकुम पश्चिमबाट ३२०, कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी बेस क्याम्पबाट २० जना परिचालन भएका छन् ।

त्यसै गरी नेपाल प्रहरी अस्पतालबाट मेडिकल टोली ११ जना, सल्यानबाट १० र इप्रका बादेपिपद सुर्खेतबाट ९ जना परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म जाजरकोटमा १ सय र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *