भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत तथा खोजीमा जुट्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । भूकम्पमा परि घाइते भएकाको उद्धार, निशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवम् खोजी कार्यमा जुट्न राष्ट्रिय मानव अधिकार आयोगले सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । आयोगले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षलाई यस्तो आग्रह गरेको हो ।

शुक्रबार राति भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिप्रति आयोगले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।’

आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न शनिबार नै भूकम्प प्रभावित स्थलतर्फ प्रस्थान गरिसकेको आयोगले विज्ञप्ती मार्फत जानकारी गराउदैँ आयोगले घटनाबारे विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *