राष्ट्रिय मर्यादासम्बन्धी विधेयक संसद राष्ट्रियसभामा पेस गरिने

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मंगलबारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो ।

बैठकले मंगलवार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको थियो । छलफलपछि समितिको निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भए पनि ढिलो गरेर भए पनि आएको बताइन् ।

उनले छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मंगलबारको संसद बैठकमा पेस हुने जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *