हेलिकप्टर दुर्घटनामा परी घाइते भएका मनाङ एयरका पाइलट शेढाईंको निधन

काठमाडौं । मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा निधन भएको छ। हेलिकप्टर दुर्घटनामा घाइते भएका उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो।

उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते  बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए। सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ।

विज्ञप्तिमा भनिएकाेछ’गत असोज २७ गते सोलुखुम्बुको लुक्लाबाट लोबुचेको लागि उडेको यस विमान सेवाको AS350B3e हेलिकप्टर 9N-ANJ अवतरणको क्रममा दुर्घटनामा परी सख्त घाइते भएका पाइलट प्रकाश कुमार सेढाईलाई सोही दिन एयर एम्बुलेन्सबाट भारत मुम्बईस्थित वर्न अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारको क्रममा उनको दुखद निधन भएको व्यहोरा जानकारी गराउदछौं ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *