तीन घण्टा लाइन बसेर पूर्वराजाबाट टीका लगाउँदै मिश्रले भने- अर्को वर्ष नारायणहिटीमै लगाउन पाइयोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पहिलोपटक पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दसैँको टीका लगाएका छन् । निर्मल निवासमा आज अपरान्ह तीन घण्टासम्म लाइनमा बसेर उनले पूर्वराजासँग टीका लगाएका हुन् ।

टीका ग्रहणका क्रममा पूर्वराजालाई अर्को वर्ष नारायणहिटी दरबारमै दसैँ मनाउन शुभेक्षा व्यक्त गरेको मिश्रको भनाइ छ । उनले सामाजिक सञ्जालमा पूर्वराजाको हातबाट टीका लगाउन स्वार्थरहित सर्वसाधारणको भिड लागेको तर राष्ट्रपतिकहाँ टीका लगाउन केही पार्टीनिकट मानिस र उच्चपदस्थको पातलो उपस्थिति रहेको टिप्पणीसमेत गरेका छन् ।

Comments

2 responses to “तीन घण्टा लाइन बसेर पूर्वराजाबाट टीका लगाउँदै मिश्रले भने- अर्को वर्ष नारायणहिटीमै लगाउन पाइयोस्”

  1. ksp pyl Avatar
    ksp pyl

    अन्त कतै नबिकेर, नसकेर ज्ञानेन्द्रको पाउमा परेछ मिश्र । ज्ञानेन्द्रले शासन लेला र खाउला भनेर खुट्टा मल्ने यस्ता दलाललाई बहिस्कार गरौं ।

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    रवीन्द्र मिश्र दास मनोवृत्ति रहेछन अब राजतन्त्र सपना हो वरू सेनाले लेला राजतन्त्र त सम्झने पानी छम्कने हस

Leave a Reply

Your email address will not be published. Required fields are marked *