पाल्पामा अर्को दुर्घटनाः सडकबाट भ्यान खस्दा ५ जना घाइते

रूपन्देही । आइतबार स्करपियो दुर्घटना भएर ६ जनाको मृत्यु भएको पाल्पामा सोमबार बिहानै भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

पाल्पा रम्भा गाउँपालिका-४ रानिवन रिगेरा घुम्तिस्थित आर्यभन्ज्याङ- रामपुर भित्री पक्की सडक खण्डमा बिरकोटबाट रमईडाँडातर्फ आउँदै गरेको लु. १ ज ३९८३ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक पाल्पा रम्भा ४ रमईडाँडाका २३ वर्षीय कृष्ण सारु, सोही ठाउकै २७ वर्षीय नरेन्द्र दर्लामी, २२ वर्षीय दि बहादुँर कुवर मगर, १९ वर्षीय मोहनसिंह दर्लामी र १८ वर्षीय सुरेश सारु घाइते भएको पाल्पा प्रहरी प्रवक्ता इन्स्पेक्टर सन्तोष चन्दले जानकारी दिए ।

चालक सारुको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ । उनीहरूलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको प्रवक्ता चन्दले बताए ।

भ्यान बाटोबाट करिब २०० मिटर तल खसेको थियो । हिजो साँझ नै पाल्पाको रानीमहल सडक खण्ड अन्तर्गत बैकुण्ठ पहाडमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *