झापामा स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । झापाको अर्जुन धारामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

अर्जुनधारा नपा ३ खुदुनाबारी स्थित भित्री पक्की सडक खण्डमा स्कुटी र छोटा हात्ती गाडी ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु१च ६८६३ न को छोटा हात्ती गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे५प ४४८५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक  यम भट्टराईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि सोही स्कुटर पछाडि सवार रोशन मगरको टाउकोमा चोट लागेकोमा उपचारका क्रममा बि एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *