दसैँको रमझम : बुटवल बसपार्कमा यात्रुदेखि चालकसम्मका गुनासो (भिडिओ)

रुपन्देही । बडादसैँ मनाउन धेरैजना आफ्नो थातथलोतिर लागिरहेका छन् । मान्यजनसँग टीका लगाउन धेरै कर्मस्थानबाट जन्मस्थान तथा आफ्ना मान्यजन भएको गन्तव्यमा लागेका छन् ।

टीका नलगाउनेहरू पनि भेटघाट तथा घुमघाममा निस्किएका छन् । बजार क्षेत्र क्रमशः सुनसान भएको छ भने ग्रामीण क्षेत्रमा चलायमान हुन थालेको छ । सबैतिरका यातायातका साधन भरीभराउ छन् ।

भारतबाट आउनेहरु पनि पर्वका लागि आइसकेका छन् भने केही आउने क्रममा छन् ।

लुम्बिनी प्रदेशका मुख्य नाका रहेका रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, दाङको कोइलावास, बाँकेको रुपेडिया तथा अन्य सहायक नाकाहरुबाट दैनिक हजारौं नेपाली आइरहेका छन् ।

अहिले तराईका विभिन्न क्षेत्रबाट पहाडी क्षेत्रमा मान्यजनकहाँ जानेहरुको भीड उस्तै छ । अरुबेला सुनसान रहने गाउँका घरहरु अहिले भरिन थालेका छन् । विशेषगरी यात्रुहरुले पर्वको बेला यात्रा पीडादायी भएको बताएका छन् । टिकट नपाउने, पाएपनि सीट नपाइने, महँगो शुल्क तिर्नुपर्ने लगायतका गुनासो उनीहरूको छ ।

चालकहरूले पनि आ-आफ्ना गुनासो पोखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *