ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउन सटल बस राख्ने बताएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर नजिकमा हुने कन्सर्टहरु बन्द गराएको बताए ।
कन्सर्टहरु बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरु आरामसाथ निदाउन पाएको उनको भनाइ थियो ।
‘यस पटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउन एउटा सटल बस व्यवस्थापन गर्न गइरहेका छौं’, उनले भने, ‘यहाँ सुधारका धेरै आयामहरु छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’
मेयर महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमुनास्तरको बनाउने बताए ।

Leave a Reply