काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालविरुद्ध खेलिरहेको हङकङ ९४ रनमा समेटिएको छ। हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोड्यो।
नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अविनाश बोहराले २/२ विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक/ एक विकेट हात पारे।
हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। १४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो। करनले चार ओभरमा १५ रन खर्चिए ।
हङकङले पाचौँ विकेटका लागि १९ र छैटौँ विकेटका लागि ३० रनको साझेदार गरेको थियो। ३.३ ओभर बलिङ गरेका सोमपालले पनि केवल १० रन मात्र दिए।

Leave a Reply