लस एन्जलसमा ५ वर्षपछि आयोजना हुने ओलम्पिकमा क्रिकेट समावेश गर्ने निर्णय

लस एन्जलस । ५ वर्षपछि अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटलाई समावेश गरिएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी-आईओसीको सोमबारको बैठकले क्रिकेटलाई ओलम्पिकमा समावेश गर्ने निर्णय गरेको हो। त्यसअघि लस एन्जलस ओलम्पिक आयोजकले क्रिकेटलाई समावेश गर्न सिफारिस गरेको थियो।

ओलम्पिकमा सन् १९९० यता क्रिकेट समावेश भएको छैन। ओलम्पिक क्रिकेटमा कति वटा टिम समावेश गर्ने भन्नेबारे कुनै निर्णय भने भएको छैन।

क्रिकेट समावेश गर्ने आईओसीको निर्णयप्रति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसीसीले खुसी व्यक्त गर्दै यसले ओलम्पिक खेलकुदका समर्थक र दर्शक बढाउने विश्वास व्यक्त गरेको छ।

ओलम्पिक फुटबलमा भने यू-२३ राष्ट्रिय टोलीले प्रतिनिधित्व गर्दै आएका छन्। क्रिकेटका बारे केही उल्लेख गरिएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *