विराटनगर । आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहा नगरेको भन्दै पहिचान पक्षधरले धनकुटा बन्दको घोषणा गरेका छन् ।
प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।
बन्दका कारण धरानबाट भेडेटार हुँदै चल्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
घोषित शान्तिपूर्ण आन्दोलनमा झुटा मुद्दा लगाएर ३ पहिचानवादीहरूलाई पक्राउ गरी नछाडेको भन्दै बन्दको घोषणा गरिएको हो ।
प्रहरीले राजारानीवाट मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई पक्राउ गरी गरेको छ ।

Leave a Reply