आइतबारदेखि पशुपन्छी तथा पशुजन्य पदार्थको गुणस्तर स्वास्थ्य परीक्षण सुरु

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले आजदेखि पशुपन्छी तथा पशुजन्य पदार्थको गुणस्तर स्वास्थ्य परीक्षण सुरु गरेको छ ।

विभागले आइतबारदेखि पशुपन्छीको बिक्री वितरण स्थानहरूमा पशुपन्छी तथा पशुजन्य पदार्थको गुणस्तर स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो ।

चाडपर्व लक्षित पशुपन्छी बजारमा स्वास्थ्य परीक्षण लगायतका कार्यहरू गर्नका लागि पशु सेवा विभागले उपत्यकाका ११ स्थान र आसपासका बजारमा समेत पशु चिकित्सक सहितको टोली परिचालन गर्ने जनाइएको छ । पशु स्वास्थ्य परीक्षण तथा नाका अनुगमनका लागि आज (असोज २८) देखि कात्तिक ६ गते ९ दिनसम्म उपत्यकाका ११ स्थानमा स्वास्थ्य परीक्षण सुरु भएको छ ।

विभागका अनुसार कलङ्की खसीबजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका र चाल्नाखेल राँगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु वाइपास नाका, लगनखेल,धापाखेल आकाशे धारा/सुकेधारा र चन्द्रागिरी ( थानकोट) दाउरा डिपो, दहचोक मूलपानीचौर खसी बजारमा होल्डिङ्ग तथा सङ्कलन भएका पशुपन्छीको स्वास्थ्य परीक्षण गरिने जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *