तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७ लागू

काठमाडौँ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने नियमावली २०७७ लागू भएको छ । संसद्‍बाट अनुमोदन नभएका बेला सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ को दफा ३४ ले दिएको अधिकार प्रयोग गरी नियमावली साेमबार राजपत्रमा प्रकाशित गर्दै जारी गरेपछि लागू भएकाे गृह मन्त्रालयले जनाएकाे हाे ।

गत असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । यो अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको समयमा जारी भएको थियो । तर, सर्वोच्च अदालतले फैसला गर्दै संसद्को पुनर्स्थापना गरेपछि अध्यादेशले संसद्‍मा प्रवेश पाएको छैन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *