काठमाडौं । प्रतिनिधि सभाको बैठक कात्तिक १२ गतेसम्मको लागि स्थगित भएको छ । आज बसेको बैठकपछि सभामुख देवराज घिमिरेले कात्तिक १२ गते १ बजे बस्ने जानकारी गराए ।
सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने बिषयमा परामर्श गरिरहेको छ । हिजो बजेको गठबन्धनको बैठकले दसैं पनि नजिक्रिइसकेकाले आजैबाट अधिवेशन अन्त्य गर्न सुझाव दिएको थियो ।
यहीबीच सभामुखले अब दसैंपछि मात्रै बस्नेगरी बैठकको समय निर्धारण गरेका हुन् ।

Leave a Reply