कोशीमा शेखरले विद्रोह गरेपछि देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

काठमाडौं । कोशी प्रदेशमा नेता डा. शेखर कोइराला पक्षले विद्रोह गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बोलाएका छन् । दिउँसो ३ बजे देउवा धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा कोशीमा देखिएको समस्या समाधान गर्नेबारे केन्द्रित हुने जनाइएको छ । गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि शेखरनिकटका केदार कार्कीले कांग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् ।

 

 

Comments

One response to “कोशीमा शेखरले विद्रोह गरेपछि देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक”

  1. खडेरी Avatar
    खडेरी

    महामन्त्री द्वयले कस्तो एक्सन लिने हुन,त्यो हेर्न बाकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *