काठमाडौं । राष्ट्रियसभाले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ ।
शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दीलकुमारी रावल थापा पार्वती छन् ।
त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिको सदस्य छन् ।
मस्यौदा समितिले राष्ट्रियसभा र समितिमा सुव्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेको कठिनाइहरु पहिचान गरि नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश जनाइएको छ । समितिले सदस्यमध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैंले कार्यविधि बनाउने बताइएको छ । सो मस्यौदा समितिलाई पुस १४ गते सम्मको कार्यावधि दिइएको छ ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकि सभापति दीलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९/८० पेश गरेकी छन् ।

Leave a Reply