चितवन । माडी नगरपालिका-९ का एक व्यक्तिको जंगली जनावरबाट बच्न लगाएको विद्युतीय बाटमा करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार साँझ साढे ६ बजे कृष्णनगरका २८ वर्षका
विकल्प सुवेदीलाई घाँस काट्ने क्रममा करेन्ट लागेको थियो ।
सोलारजडित आल्मुनियम तारजालीमा करेन्ट लागी अचेत भएका उनलाई उपचारका लागि बघौडा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।

Leave a Reply