सुर्खेत । नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले लागूऔषधका कारण घर, समाज र सिंगो राष्ट्रलाई असर पुर्याइरहेको बताएका छन् । उपप्रधानमन्त्री खड्काले सिंगो समाज यसकाविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।
बिहीबार कर्णाली प्रदेशमा लागूऔषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गर्दै उपप्रधानमन्त्री खड्काले सबैको साझा संकल्प र प्रयत्नबाट लागूऔषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता रहेको बताए ।
उनले भने, ‘घर, समाज र राष्ट्रलाई लागूऔषधमुक्त बनाउनका लागि सबैले संकल्प गर्नु आवश्यक छ । नाकामा हुने लागूऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्त्वपूर्ण भूमिका हुने छ। सीमाबाट हुने लागूऔषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ ।’
उपसभापति खड्काले लागूऔषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्क रहेको बताए ।

Leave a Reply