गाडीमा घुस रकम राखेर काठमाडौं आउने क्रममा पक्राउ परेका इन्जिनियरलाई १ वर्ष ९ महिना कैद

काठमाडौं। जलस्रोत तथा सिंचाई विकाश डिभिजन कार्यालय दोलखाका तत्कालीन प्रमुख सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी भष्ट्रचारमा दोषी ठहर भएका छन् ।
घुसको रकम लिएर सरकारी गाडीमा काठमाडौं आउँदै गर्दा भक्तपुरमा पक्राउ परेका अधिकारीसहित ५ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरिएको थियो । एक्जनाले भने सफाई पाएका छन् ।

श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले बुधबार अधिकारीसहित नरोत्तम श्रेष्ठ, प्रदिप श्रेष्ठ र प्रेमलाल श्रेष्ठलाई दोषी ठहर गरेको हो। गोमा श्रेष्ठले भने सफाई पाएकी छिन् ।

अधिकारीलाई दुईवटा कसुरमा गरी एक वर्ष ९ महिना कैद र ६ लाख ३ हजार रुपैयाँ जरिवाना भएको छ । बिगो असुलको पनि फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । अन्यको हकमा ९ महिना कैद र २ लाख ९६ हजार रुपैया जरिवाना भएको विशेष अदालतले जनाएको छ ।

अख्तियारले अधिकारी चढेको गाडीलाई नियन्त्रणमा लिँदा १३ लाख ३८ हजार ५ सय रुपैयाँ बरामद भएको दावी गरिएको थियो। गैरकानूनी तरिकाले सरकारी कागज सच्याई, हेरफेर गरी, गलत लिखत खडा गरेर नेपाल सरकारको सम्पत्तीमा हानी नोक्सानी पुर्याीएको आरोप उनिहरुमाथी लागेको थियो ।

प्रतिवादी बनाइएका अधिकारीबाहेकका अन्य ४ जना निजी कम्पनीका सन्चालक तथा कर्मचारी थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *