काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले संरक्षित बन्यजन्तु सालकको ६ केजी खपटासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा-६ का ३४ वर्षीय शुकलाल तामाङ रहेका छन् ।
सीआईबीले तामाङलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो । कारोबार भइरहेको सूचनाका आधारमा तामाङ पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Leave a Reply