इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको भाडा सरकारले व्यहोर्ने

काठमाडौं । इजरायलबाट व्यवसायिक उडानमार्फत स्वदेश फर्किने नेपालीको भाडा पनि सरकारले नै व्यहोर्ने भएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले व्यवासयिक उडानमार्फत आउने नेपालीको भाडा पनि सरकारले व्यहोर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

२५० सीटको नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित इजरायलमा रहेको विद्यार्थी ल्याउनका लागि परराष्ट्रमन्त्री एनपी साउँद नै जान लागेको भए पनि सबै उक्त जहाजमा नअटने भएपछि सरकारले व्यवसायिक उडानमार्फत आउने नेपालीको टिक खर्च व्यहोर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *