डोटी । दिपायलस्थित सेतीमा पुल नजिकै नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् ।
शनिवार दिउँसो दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाका ७ वर्षीया खुशी प्रजापति र अढाई वर्षीय सिद्धार्थ देउवा बेपत्ता भएका हुन् । बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बेपत्ता बालबालिकाको खोजी कार्यमा सुरक्षाकर्मी परिचालन भएका तर हालसम्म पत्ता नलागेको बताए ।

Leave a Reply