एसियाडमा नेपालकी कराँते खेलाडी एरिका फाइनलमा, कम्तीमा रजत पक्का

काठमाडौं। चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङ फाइनलमा पुगेकी छिन्।

कराँतेको कुमुतेतर्फ ६८ केजी माथिको तौल समूहमा हङकङकी खेलाडीलाई हराएर उनले फाइनलमा स्थान बनाइन्।

एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छिन्। एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा एक पटक मात्र रजत जितेको छ।

सन् १९९८ को एसियाडमा तेक्वान्दो खेलाडी सविताराज भण्डारीले रजत जितेकी थिइन्।

एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा स्वर्ण जित्न सकेको छैन। जारी संस्करणमा नेपालले जम्मा एउटा पदक जितेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *