ओलीलाई माधवको प्रश्न- गोली बोकेको शरीर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जनप्रतिनिधिको सर्वोच्च थलो सदनलाई राजनीतिको कुण्ठा अभिव्यक्त गर्ने थलो नबनाउन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सदन जनजीविकाका सवालभन्दा धेरै राजनीति हुन थालेको बताए।उनले भने, ‘एकले अर्कालाई शब्दले झटारो हान्ने प्रचलन बढेको छ, यसमा सबै जिम्मेवार भएर सच्चिनुपर्ने आवश्यकता छ ।’

प्रमुख प्रतिपक्षी दलका नेताले विस्तृत शान्ति सम्झौताको मर्मविपरीत सदनमा भाषण गरेको आरोप लगाए। उनले ओलीलाई आफ्नो अभिव्यक्तिमा पुनर्विचार गर्न समेत आग्रह गरे। प्रमुख प्रतिपक्ष भनेको वेटिङ गभर्नमेन्ट भएकाले संविधानबाहिर गएर अभिव्यक्ति दिन नमिल्ने बताए।

उनले ओलीलाई ०६३ साल मंसिर ५ गते माओवादी र सरकारसँग भएको सम्झौतालाई ख्याल गर्न आग्रह गर्दै हिजो युद्धमा गएका सबै घाइतेहरूले गोलि बोकेको शरिर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो रु भन्दै प्रश्न गरे।

Comments

One response to “ओलीलाई माधवको प्रश्न- गोली बोकेको शरीर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो ?”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्ड र उनका आसेपासे तिमीहरूले मोज गर्ने जो कथित जनयुद्वको बेलामा नोयडामा कपालमा जेल हालेर दिल्लीको रासन खाईरहेका थियौ र कोही चाहिँ गाउँमा गरिवका कुखुरा ,खसी खोसेर खादै थियौ । वास्तविक माओवादी त अहिले न सुविधा न पद खालि ग‍ोलीका छर्रा बोकेर हिडेका छन् । उनीहरूलाई छोडेर तिमीहरू सुन तस्करीतिर लाग्यौ भनेका हुन् ओलिले । यस्ता कुरा लैनचौरका हण्डी खानेलाई कहाँ पच्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *