सर्वोच्चमा ढलेकी भारती अनसन बस्न फेरि पुगिन् माइतीघर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा २ घण्टा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला त्यहीँ ढलेकी भारती मानन्धर उपचारपछि फेरि माइतीघर पुगेकी छन् ।

श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध उनी अनसन बसिरहेकी हुन् ।

बुधवार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालबाट आज डिस्चार्ज भएसँगै उनी फेरि रिले अनसनका लागि माइतीघरमा पुगेकी हुन ।

बुधवार उनी २ घण्टा अनसनमा बसेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *