देशमा मौलाइरहेको विकृति र विसंगति जागरण अभियानमार्फत भण्डाफोर गर्छौं : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी जागरण अभियानमार्फत देशमा मौलाइरहेको विकृति र विसंगति भण्डाफोर गर्ने बताएका छन् । जनकपुरमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादको आवश्यकताबारे जनतालाई प्रष्ट पार्नुपर्ने बताए ।

उनले भने, ‘अभियानका क्रममा हामीले समाजवाद किन आवश्यक छ ? देशमा विकृति र विसंगति किन मौलाइ रहेको छ ? यसको भण्डाफोर गर्दै आइरहेका छौं ।’ उनले औद्योगिक विकास नभएसम्म युवा पलायन रोक्न नसकिने बताए । ५८ वर्ष लगाएर जनवादी क्रान्ति गरेको अनुभवलाई आत्मसािथ गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘२०६३ को आन्दोलन सम्पन्न भएसँगै देशबाट एकात्मक राज्यसत्ताको अन्त्य र समाजवादी क्रान्तिको सुरुआत पनि त्यहि विन्दुबाट भएको हो ।’ उनले समाजवादी क्रान्तिका नीति, कार्यदिशा, सिद्धान्तबारे जानकारी दिन र जनतालाई जागृत गराउनका निम्ति जागरण अभियान सुरु गरिएको बताए ।

उनले भने, ‘आज हाम्रो देशमा बेरोजगारी व्याप्त छ । हाम्रा युवाहरू खाडी जान बाध्य छन् । विदेशिन बाध्य युवाहरूलाई हाम्रो देशमा कसरी रोक्न सकिन्छ ? यि सारा समस्याको समाधान एउटै छ, त्यो भनेको देशलाई औधोगीकरण गर्नुपर्यो। उद्योग खोल्नुपर्यो । हाम्रो कृषि प्रणालीलाई आधुनिकीरण गर्नुपर्यो । जबसम्म उद्योग खोल्न सक्दैनौं, तबसम्म हाम्रो अवस्था बदलिन सक्दैन ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *