सकम्बरी गीतबाट सर्वोत्कृष्ट रेकर्डिस्टको अवार्ड गोविन्द अनेकलाई

काठमाडौं । आठौं संस्करणको ‘राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड–२०८० ’को सर्वोत्कृष्ट रेकर्डिस्टको अवार्ड प्रिज्म स्टुडियोका गोविन्द अनेकले प्राप्त गरेका छन् ।

काठमाडौमा आयोजित एक भव्य कार्यक्रमक बीच अनेकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कलाकार प्रकाश सपुतको सर्वोधिक चर्चामा रहेको गीत सकम्बरी (फुलमाया) बोलको गीतबाट उनले सो अवार्ड हात पारेका हुन् । ुराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौको राष्ट्रिय नाचघरको सभा हलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो ।

रेकर्डिस्ट अनेकले रेकर्डिङ गरेका गीतहरू चलचित्र ए मेरो हजुर -४ मा समावेश रहेको गीत ‘फूलको थुङ्गा’ ‘कुरा बुझ्नुपर्छ’, ‘दमाई महाराज’, ‘लाउन्न दाजै पिरती’, ‘जाम भो माइली’ ‘रमरम मरौटी’, ‘मन परेको मान्छे’ ‘जाले रुमाल फाट्यो’ ‘जुनमाया’ ‘सोल्टी बजारमा’ ‘अरेली काँडैले’ जस्ता गीतहरु बजारमा निकै चर्चित छन् ।

प्यूठानको स्वर्गद्वारी नयाँगाउँमा स्थायी घर भएका अनेक कलाकर्मी र संगीतकर्मीका बीच प्रिय रहेको प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिस्टका रुपमा कार्यरत छन् ।

रेकर्डिङ सँगसँगै अनेक गीत सृजना संगीत संयोजन र गायन पेशालाई समेत एकसाथ अगाडि बढाइरहेका छन् । उनको सृजना तथा आवाजमा अहिलेसम्म करिब एक दर्जन बढी सांगीतिक प्रस्तुतिहरु बजारमा सार्वजनिक भइसकेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *