जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव एन्टाको कार्यक्रममा सहभागी हुन आज बिहान अमेरिका लागेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको प्रचार विभाग प्रमुख पूर्ण बस्तेनले बताए।

अध्यक्ष यादव फर्किएर नआउन्जेलसम्मको लागि अध्यक्षले गर्ने कार्य गर्ने गरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

उनका अनुसार कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *