काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको अहिले भइरहेको मंगोलियाविरुद्धको खेलमा नेपालले विस्फोटक ब्याटिङ गरेको छ।
नेपालले ११ ओभरमा २ विकेट गुमाएर १५४ रन जोडेको छ।
कुशल मल्लले १९ बलमा अर्धशतक पुरा गरेका हुन् ।
२१ बलमा ६ छक्का र चार चौका प्रहार गरेका छन् । उनी अहिले २६ बलमा मल्ल ७९ रनमा खेल्दैछन्। कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन बनाए।

Leave a Reply