उपमेयर डंगोलले इः लाई भेटेपछि ओलीको टिप्पणीः वार्ताबाट समाधान खोज्ने संकेत

काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले अभियन्ता ईशान श्रेष्ठ ‘ई:’ सँग भेटेलगत्तै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताबाट समाधान खोज्ने संकेत हुनसक्ने बताएका छन् ।

सडक व्यवसायीहरूको वैकल्पिक व्यवस्थाको मागसहित काठमाडौं महानगर मेयर कार्यालयअगाडि उभिएर प्रदर्शन गरिरहेका ईलाई भेट्न डंगोल आज बिहान त्यहाँ पुगेकी थिइन् ।

ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो ।’ भनेका छन् ।

ओलीले लेखेका छन्, ‘हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।’

उनले उपमेयरले भेटेको प्रसंग कोट्याउँदै दुवैजना युवा भएकाले छलफल गर्न र समाधान निकाल्न सुझाव दिएका छन् । साथै समाधानको उपाय के हुन सक्छन् भनेर सुझाव पनि मागेका छन् ।

एमाले अध्यक्ष ओलीको स्टाटस जस्ताको तस्तै :

हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैनहोला, मेरो पनि छैन। कुरा परम्परा देखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।
हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो ।
उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् ।
हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।
समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है !
धन्यवाद !

Comments

2 responses to “उपमेयर डंगोलले इः लाई भेटेपछि ओलीको टिप्पणीः वार्ताबाट समाधान खोज्ने संकेत”

  1. Kaushalya Ghimire Avatar
    Kaushalya Ghimire

    मैले पुर्ण पाठ पढ्न अल्छि गरे । बानेश्वरमा वार्ड # १० सङ धेरै कुरामा मध्यस्थता गरि तरकारीले बजार , आकाशे पुल को दायाँ बाया बार लगाइ पैदल यात्री लाइ आकाशे पुल को प्रयोग । श् शुल्क पर्किङ जस्ता समाधान चाहिँ राम्रो सङ भएको थियो । म आफै वार्ड कार्यालय जान न्सकेतपनी फोन अनि massanger मा सहकार्य का निम्ति सहज्कर्ता को भुमिका निभाएकी थिए ।

  2. Kaushalya Ghimire Avatar
    Kaushalya Ghimire

    अन्य ठाँउमा पनि तत्कालीन मेयर बिद्धया सुन्दर शाक्य जिउको।पलमा ,बिना नक्शा पास थपिएका भवन लाइ भुइ तल्ला लाइ पार्कका निम्ति ..अनि।पस्स खर्च मिनाहा गरि आवहान गर्न अनुरोध सहितको सुझाब दिएको मा ,धेरै घरका भुइ तल्ला पार्किङ गरि….तर गरिएका सम्झौता बाकी नै रहेकोले ।सम्झौता नविकरन गर्दा …भनी गरेको जस्तो मलाई लाग्छ । केही चुक पुर्व तयारीमा भएको।गल्ती बर्तमान मेयर बालेन्द्र शाह जिउ ले पनि ….गल्ती भएको …..भनी शक्नु भएको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *